दुई अर्ब ठगी गरी फरार रहेका गुडविल सहकारीका अध्यक्ष पक्राउ

ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। दुई अर्ब बराबरको ठगी गरी फरार रहेका अध्यक्ष दिवाकर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।

श्रेष्ठ चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related Posts