नेपालमा भित्रियो ३६ करोड १८ लाख बढिको झण्डै २९ लाख केजी बेसार

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिना सम्ममा विभिन्न देशहरूबाट नेपालमा ३६ करोड १८ लाख बढिको बेसार आयात भएको छ । भन्सार विभागको फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको ८ महिना सम्ममा नेपालमा विभिन्न देशबाट ३६ करोड १९ लाख ८ हजार रुपैयाँ बराबरको २८ लाख ९ हजार ९९० केजी बेसार आयात भएको छ ।

बेसार आयात भारत, इथियोपिया र पाकिस्तानबाट आयात भएको छ । जसमा सबैभन्दा धेरै भारतबाट ३५ करोड ९२ लाख ४५ हजार रुपैयाँ बराबरको २७ लाख ८२ हजार ९९० केजी बेसार आयात भएको छ ।

इथियोपियाबाट १४ लाख ३३ हजार रुपैयाँ बराबरको १५ हजार केजी बेसार आयात भएको छ । त्यस्तै पाकिस्तानबाट ११ लाख ३० हजार रुपैयाँ बराबरको १२ हजार केजी बेसार आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

Related Posts