साताको पहिलो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले बढेको छ ।
एक बजेसम्म आउँदा परिसुचक १९.४० अंकले बढेर २६५१.२९ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ८ उपसमुह बढेको हुन् ।
कारोबारको सोही अवधीसम्म २०५ कम्पनीको ८२ लाख ३९ हजार २५८ कित्ता शेयर ४६ हजार ४६० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ६४ करोड ३२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।