ज्योति लाइफको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा

काठमाडौं – ज्योति लाइफ इन्सयोरेन्सको शेयर सूचीकरण प्रकृया अन्तिम चरण पुगेको छ । कम्पनीले शेयर सूचीकरणको लागि नेप्सेमा आवेदन दिइसकेको छ।

सूचीकरणको लागि आवश्यक कागजपत्रको अध्ययन गरी चाडै शेयर सूचीकरण हुने नेप्सेले जनाएको छ । सिडीएससीले ज्योति लाइफको शेयर जेएलआई कारोबार संकेतमा शेयरधनीको डिम्याट खातामा पठाईसकेको छ ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

उक्त शेयर चैत १३ बाँडफाँट भएको थियो । आवेदन दिएकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन् ।

Related Posts