सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीलाई स्वेच्छिक अवकास योजना: २ वर्षसम्मको तलब-भत्ता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ ।

Sanima Bank Ads
२ वर्षसम्मको तलब/भत्ता र गाडी हुनेलाई गाडीको सुविधा पनि दिनेगरी ल्याएको उक्त अवकास योजनामा जुनियर अफिसरदेखि सिनियर म्यानेजरसम्मका १२ जना सहभागी भएका छन् ।

‘लामो समय बैंकलाई सेवा गर्दै आएका तर सेवाबाट अलग हुन चाहेका कर्मचारीलाई आकर्षक सुविधासहितको स्वेच्छिक अवकास योजना ल्याएका हौं,’ बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

बैंकले चैत पहिलो साता ल्याएको स्वेच्छिक अवकास योजना- २०७७ मा १२ जना सहभागी भएका छन् । बैंकमा ७ सय बढी कर्मचारी कार्यरत छन् ।

गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनीहरुको स्वेच्छिक अवकास स्वीकृत गरिसकेको छ ।

स्वेच्छिक अवकास योजना ल्याउनका लागि बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व जोशीको संयोजकत्वमा कमिटि गठन गरिएको थियो ।

कुनै पनि संस्थाको मानव संधासनलाई चुस्त दुरुस्त राख्नका लागि स्वेच्छिक अवकास योजना ल्याउने गरिन्छ । स्वेच्छिक अवकास योजनाले संस्था र कर्मचारी दुवैलाई ‘विन’ गराउँछ ।

बैंकको अध्यक्षमा अच्युत प्रसाईं छन् भने सीइओमा सुयोग श्रेष्ठ छन् । बैंकले देशभर रहेका ९५ शाखाबाट ४ लाख बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । पछिल्लो समय यो बैंकले उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरिरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *