फागुनसम्म बाणिज्य बैंकको नाफा ४२ अर्ब, कुन बैंकको कति ?

काठमाडौं – चालु आवको फागुनसम्म बाणिज्य बैंकहरुले करिब ४२ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २७ बाणिज्य बैंक सञ्चालनमा छन््, यस अवधीमा उनीहरुले कुल रु. ४१ अर्ब ९५ करोड ९० लाख खुद नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो । बैंकहरुले गत माघसम्म रु. ३५ अर्ब ९५ करोड ६० लाख खुद नाफा कमाएका थिए । त्योअनुसार फागुनमा मात्र बैंकहरुले रु. ६ अर्ब बढी नाफा कमाएका छन् ।

नाफा कमाउने मामलामा यस पटक भने नविल बैंक पहिलो नम्बरमा आएको छ । माघसम्म ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा थियो । तर, यस पटक नविल बैंक पहिलो नम्बरमा देखिएको छ ।

यस अवधीमा उक्त बैंकले रु. ३ अर्ब १२ करोड ८८ लाख खुद नाफा गरेको छ । यसअघि पहिलो नम्बरमा रहेको ग्लोबल आईएमई भने यस पटक दोस्रो नम्बरमा आएको छ । उक्त बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरि तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले २ अर्ब ७८ करोड नाफा कमाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *