आजबाट बिक्रीमा आयो नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर

काठमाडौं – एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका कम्पनीहरु मध्येका नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आजबाट लिलामी विक्री खुल्ला गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको न्यूनतम मूल्य रू. ४६६ तोकिएको छ भने नागरिक लगानी कोषको न्यूनतम मूल्य रू। १ हजार ५२९ तोकिएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लिलामीको लागी लगानीकर्ताले चैत ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Related Posts