रु रु जलविद्युतको आईपीमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति आवेदकले दिए आवेदन ?

ठमाडौं- रु रु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ।

सोमाबार साँझ ५ बजेसम्ममा सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा ४९.४९ गुणा आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइपीओमा १ करोड ८६ लाख ५९ हजार ९६० कित्ताका लागि आवेदन परेको छ । १३ लाख १ हजार ३८४ जनाले कुल १ अर्ब ८६ ५९ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो ।

यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *