९.३३ अंकले बढेर २६६८.०७ को बिन्दुमा नेप्से, चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार

ठमाडौं- – साताको तेस्रो दिन (मंगलवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९.३३ अंकले बढेर २६६८.०७ विन्दुमा पुगेको छ ।

दुइए बजेसम्म कारोबारमा आएका २१० ओटा कम्पनीकोे रू.४ अर्ब ७९ करोड १ लाख ७७ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म चिलिमे हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। ६७८ मा कारोबार भइरहेको छ ।

Related Posts