एक किलो सुन सहित दुबईबाट आएका महरा पक्राउ

अवैध एक किलो सुन सहित एक जना पक्राउ परेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा सुन पैठारी गर्ने घनुषा घर भएका ३४ वर्षीय प्रकाश महरा छन्। उनी मंगलबार राती पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित महरालाई प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानबाट काठमाडौं आएका उनलाई अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा राइसकुकरमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त सुन फेला परेको हो।

लुकाईछिपाई ल्याएको उक्त परिमाणको धातु र बाला फेला परेपछि विमानस्थल भन्सार कार्यालयमा महारालाई बुझाइएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

Related Posts