सुक्खा बन्दरगाह निर्माण, प्राविधिक अध्ययन शुरु

काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा हुने भनिएको सुक्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन शुरु गरेको छ । सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने क्षेत्रको प्राविधिक मुल्यांकन शुरु भएको हो ।

सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्र बनेपछि यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित आएको प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्रको प्राविधिक मुल्यांकन शुरु गरेको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका– १ स्थित मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने जनाइएको छ । अध्ययन टोलीसँगै पुगेका मन्त्री भट्टले सुक्खा बन्दरगाह निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दाबी गर्नुभयो । जसले सुदूरपश्चिम प्रदेशको विकासको ढोकासमेत खोलिने मन्त्री भट्टको भनाइ छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि ६ खर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

Related Posts