काठमाडौं, भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा वैशाख १५ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय ललितपुर १३ कुसुन्तीमा दिउँसो १ बजे शुरु हुने भएको छ ।
कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।