हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ

विरगञ्जबाट हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् ।

बुधबार दिउँसो २ः३० बजेको समयमा विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

ना.९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका तवारख देवान र जोखन साईको साथबाट प्रहरीले उक्त रकम बरामद गरी थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् ।

उनीहरुमाथि वैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरीत कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Related Posts