मर्मतपछि मनकामना केवलकार सञ्चालनमा आउँदै, २ वर्षसम्म स्तरउन्नत्तिको काम चल्ने

मनकामना केबुलकार मर्मत सम्भारपछि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको हो ।

मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने बताएको हो ।

प्रालिले स्तरउन्नत्तिको कामलाई तीन चरणमा पुरा गर्ने जनाएको छ । पहिलो चरणमा अति आवश्यक र मर्मत नगरिनहुने सामान फेरिएको र दोश्रो चरणमा नयाँ प्रविधिकोलागी पूर्वाधार तथा केही सामान थप्ने र तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा परिवर्तन गरि डिजिटल प्रविधिमा सञ्चालनमा आउन २ बर्ष लाग्ने कम्पनीले जनाएको छ ।

Related Posts