काठमाडौंमा मासुको मूल्य आकाशियो

काठमाडौं–काठमाडौंमा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च भएको छ । मासुको उत्पादनमा कमी आएपछि बोइलर कुखुराको मासुको मूल्य उकासिएको हो । यसअघि कुखुराको मासुको मूल्य ४०० रुपैयाँ तोकेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बिहीबार मासुको खुद्रा बिक्री मूल्य ४१० तोकेको छ ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको छ । किसान बाट प्रतिकिलो अधिकतम २७० रुपैयाँमा खरिद गरिदै आएको जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।

कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरू पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरूले बताएका छन् । जाडोका कारण अहिले बजारमा आउनुपर्ने कुखुराको उत्पादन घट्नुको असर मूल्यमा परेको हो।

संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

Related Posts