रुरु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड यसै साता, ६१.६५ गुणा बढी आबेदन

काठमाडौं – रुरु जलविद्युत् परियोजना लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।

कम्पनीले चैत्र २० गतेबाट चैत्र २४ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ यसै साता बाँडफाँड हुने भएको हो ।

हाल डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा पुगेको र शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भइरहेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।

अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

Related Posts