सरकारद्वारा नयाँ मापदण्ड जारी गर्ने तर लकडाउन नगर्ने निर्णय, भोलि देशबासीका नाममा सम्बोधन

सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने तर तत्काल कुनै पनि क्षेत्रमा लकडाउन तथा प्रतिबन्ध नगर्ने निर्णय गरेको छ। यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थितीको आंकलन पश्चात आज बसेको मन्त्रीपरिषदको बैठक मार्फत सरकारले यस्तो निर्णय गरेको हो।

नेपालमा समेत कोरोनाको दोस्रो लहर फैलिएको र नेपालमा समेत स्वास्थ्य जोखिम निम्त्याएको निष्कर्षमा पुग्दै आज बसेको मन्त्रीपरिषदको बैठकबाट सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको छ।

सर्वसाधारणले पालना गर्नुपर्ने नयाँ मापदण्ड लगायतका बिषयमा सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ। उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने भएका छन्।

कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को पछिल्लो प्रस्तावमाथि छलफल भए पश्चात सरकारले मापदण्ड निर्धारण गर्ने निर्णय गरेको हो। सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दबाब भएपनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

आज चैत ३० गते मात्रै नेपालमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ । विज्ञहरुले कोरोनाको दोस्रो लहर थप जोखिमपूर्ण हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Related Posts