१३ लाख कित्ता एफपीओ ल्याउन लागेको किसान लघुवित्तले पायो यस्तो रेटिङ

काठमाडौं । थप मूल्यमा सर्वसाधरणमा करिब १३ लाख कित्ता सेयर जारी गर्न लागेको किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि रेटिङ सम्पन्न गराएको छ ।

कम्पनीको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी माइनस (डबल बी माइनस)’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व वहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम जोडेर १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ जारी गर्ने भएको हो । यद्यपि, कति रुपैयाँ प्रिमियम जोड्ने भन्ने अहिले टुंगो लागिनसकेको लघुवित्तले जनाएको छ ।

एफपीओ जारी गर्न लघघुवित्तले यसअघि नै मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । यद्यपि, कम्पनीले हालसम्म एफपीओ विक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन ।

Related Posts