४ वर्ष पछि सिईडीबी हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कति कित्ता ?

सिईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृती पाएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती दिएको हो ।

कम्पनीले आज २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्न स्वीकृती पाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि वि.सं २०७४ असार २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

निवेदन दिएको झण्डै ४ वर्ष अर्थात् ४५ महीनापछि कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । विक्री प्रबन्धमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Related Posts