तेस्रो घण्टामा लगातार उकालो लाग्यो नेप्से, एनआईसी एशिया लघुवित्तको साढे ४८ करोड बराबरको कारोबार

बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक उकालो लागेको छ । तेस्रो घण्टामा आइपुग्दा नेप्से २१ दशमलव ६७ अंकले बढेर २ हजार ७३६ दशमलव ४६ विन्दुमा पुगेको हो ।

शून्य दशमलव ८० प्रतिशतले बढेको बजारमा २१३ ओटा कम्पनीको ६ अर्ब ३९ करोड ७४ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ ओटा उप समूहमध्ये व्यापार र जलविद्युत् समूहको परिसूचक घटेको छ भने अन्य सम्पुर्ण उपसमुह बढेका छन् ।

यस अवधिसम्म एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४८ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ८६८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ६०२ मा २९ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

Related Posts