बैंकमा कर्जाको माग बढ्यो, ४ दिनमै ३१ अर्ब निक्षेप उठाएर ३८ अर्ब ऋण प्रवाह

आर्थिक बर्षको तेश्रो त्रैमासको मसान्तसम्म आइपुग्दा बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानीको मात्रा बढ्न थालेको छ । अघिल्लो साता निक्षेप बढेपनि आर्थिक बर्षको तेस्रो त्रैमासको मसानतामाकर्जा प्रवाह निक्षेपको तुलनामा बढेको हो ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो चार दिनमा बाणिज्य बैंकहरुको निक्षेप ३१ अर्बले बढ्दा कर्जा लगानी ३८ अर्बले बढेको छ । यो तथ्यांकले पछिल्लो समय बैंकहरु रिकभरीसँगै नयाँ कर्जा प्रवाहमा पनि केन्द्रित भएको देखाएको छ ।

चैत मसान्त अर्थात चैत ३१ गतेसम्म बाणिज्य बैंकहरुले ३९ खर्ब १३ अर्ब निक्षेप संकलन गरि ३५ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेकोमा चैत ३१ गतेसम्म आइपुग्दा बैंकहरुले ३९ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी ३५ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेका छन्।

चैत २७ देखि ३१ गतेसम्म बैंकहरुले ३१ अर्ब निक्षेप संकलन गरी ३८ अर्ब कर्जा लगानी गरेका छन् ।

तेस्रो त्रैमासको मसान्तसम्म पनि कर्जा प्रवाहमा ब्यस्त रहेका बैंकहरु अहिले नयाँ कर्जा प्रवाहसँगै रिकभरी तर्फ पनि आक्रामक बनेका छन् । कोरोनाको लकडाउन मथ्थर भएर आर्थिक गतिबिधि बढेसँगै बैंकहरुले कर्जा प्रवाहका लागि घर जग्गा तथा गाडी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन् भने पुराना कर्जाहरु उठाउनलाई ताकेता पनि जारी राखेका छन् । जसकारण कर्जा बिस्तारको तुलनामा निक्षेप पनि बढिरहेको देखिन्छ ।

सामान्यतया बैंकहरुले आर्थिक बर्षको तेस्रो सातासम्म कर्जा प्रवाहमा आक्रामक हुने र अन्तिम त्रैमासमा रिकभरीमा पनि केन्द्रित रहने गर्दछन्। अन्तिम त्रैमासमा रिकभरी र निक्षेप संकलनमा केन्द्रित रहने बैंकहरु सामान्यतया आर्थिक बर्षको पहिलो त्रैमासदेखि नै नयाँ कर्जा प्रवाहमा आक्रामक हुने गर्दछन्।

Related Posts