फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो, प्रति सेयर आम्दानी १४.८९ रुपैयाँ

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

प्रकाशित विवरण अनुसार यस लघुवित्तले चैत्र मसान्तसम्म ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तेस्रो त्रैमास सम्म लघुवित्तले ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ।

Related Posts