रुरु जलविद्युतको आईपीओ बाँडफाँड : ३७ हजार ९१६ जनाले पाए, नतिजाका लागि केही समय कुर्नुपर्ने

आज रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ ।

आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाएका हुन् ।

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता शयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो ।

यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले शेययर पाउन सकेनन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर ९आईपीओ० जारी गरेको थियो ।

कम्पनीको आईपिओ बाँडफाँडको काम सम्पन्न भइसकेतापनी लगानीकर्ताहरुले नतिजा हेर्नका लागि भने केहि समय पर्खनुपर्ने छ । डाटाहरु भेरिफाई गरि सिस्टममा अपलोड गर्न केहि समय लाग्न सक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट हेर्न सकिनेछ ।

यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको हो ।

Related Posts