तीन दिनको शेयर कारोबार : २३ अर्ब ३९ करोड बढीको शेयर खरीदविक्री

काठमाडौं -यो साता शेयर बजारमा रू. २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार बढीको कारोबार भएको छ ।

बजार खुल्ने पाँच कारोबार दिनमध्ये यो साता दुई दिन सार्वजनिक विदा परेको थियो । त्यसैले यो साता तीन दिनमात्र शेयर बजार खुलेको हो ।

यो साता पहिलो कारोबार दिन रू. ७ अर्ब ६१ करोड ८ लाख २८ हजार, दोस्रो दिन रू. ७ अर्ब १५ करोड ३१ लाख ५१ हजार र तेस्रो दिन रू. ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार बराबरको शेयर कारोबार भएको छ ।

साताको तीन कारोबार दिनमा ४ करोड ७५ लाख ३३ हजार ७४४ कित्ता शेयर खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिननै खुलेको बजारमा रू. ३७ अर्ब ६० करोड ५० लाख ३ हजार बराबरको ८ करोड १ लाख ३७१ कित्ता शेयर कारोबार भएको थियो ।

गत साताको तुलनामा नेप्से परिसूचक भने ६१ दशमलव ११ विन्दु बढेको छ । यो साता तीन दिन खुलेको बजार तीन दिन नै बढेको छ । पहिलो दिन १७ दशमलव २० अंक, दोस्रो दिन २३ दशमलव २३ अंक र तेस्रो दिन २० दशमलव ६७ अंक बजार बढेको हो ।

गत साता भन्दा यो साता कुल बजार पूँजीकरण रकम रू। ८४ अर्ब ६९ करोड १२ हजारले वृद्धि भएको छ । गत सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको कुल बजार पूँजीकरण रकम यो सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख पुगेको छ ।

यो साताको कारोबारमा पहिलो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६४ प्रतिशत बढेको थियो । त्यस्तै दोस्रो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशत र तेस्रो दिन पनि विकास बैंकको परिसूचक सर्वाधिक ३ दशमलव १२ प्रतिशतले बढेको छ । यो साताको कारोबारमा विकास बैंकको शेयरधनीहरुले बढी कमाएका छन् ।

Related Posts