कोरोनाको नयाँ लहरबाट बच्न के खाने ? यस्तो छ डब्ल्यूएचओको सुझाव

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिदा यसले सबैको समस्या बढायो। कोरोनाको नयाँ रूप धेरै संक्रामक रहेको बताइएको छ । यस्तोमा सामान्य लापरवाही गर्नु भनेको महामारी निम्त्याउनु जस्तै हो।

बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दूरी कायम राख्ने र खानपानमा ध्यान दिएमा कोरोना भाइरसको संक्रमणको जोखिम कम हुने देखिन्छ ।

यस मौसममा पोषण र हाइड्रेसनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदछ, जसले गम्भीर रोग र संक्रमणको जोखिम कम गर्दछ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न कस्तो प्रकारको आहार लिनुपर्दछ भनेर बताएको छ ।

कोरोना भाइरसबाट बच्न कस्तो खाना खाने ?

तपाइले खानामा विभिन्न किसिमका ताजा फलहरू र प्रशोधन नगरिएको खानाहरू समावेश गर्नुपर्दछ । ताकि तपाईले यसबाट आवश्यक भिटामिन, खनिज, फाइबर, प्रोटिन र एन्टिआक्सिडन्टहरू प्राप्त गर्न सक्नुहुनेछ।

फलफूल, तरकारीहरू, दालहरू, गेडागुडीहरू, बदाम र प्रशोधन नगरिएको मकै, बाजरा, ओट्स, गहुँ, खैरो चामल, जरा भएका तरकारीहरू जस्तै आलु, सखरखण्ड र अरबी खानुहोस् । त्यस्तै, खानामा मासु, माछा, अण्डाहरू र दूध पनि समावेश गर्नुहोस्।

हरेक दिन कम्तिमा २ कप फलहरू (४ सर्विङग) २.५ कप तरकारीहरू (५ सर्विङ्ग) १८० ग्राम अनाज र १६० ग्राम मासु र गेडागुडीहरू खानुहोस्।

रातो मासु एक हप्तामा १/२ पटक र कुखुराको मासु २/३ पटक खान सक्नुहुनेछ । बेलुकीको समय हल्का भोग लागेमा पकाएको काँचो तरकारीहरू र ताजा फलफूलहरू खानुहोस्।

तरकारीहरू धेरै नपकाउनुहोस् अन्यथा यसको आवश्यक पोषकहरू खेर जान्छ । यदी बट्टामा राखिएको फल या तरकारी किन्दै हुनुहुन्छ भने नुन र चिनी बढी छ कि छैन भन्ने कुरा निश्चित गर्नुहोस् ।

पानीमा ध्यान दिनुहोस्

पानी शरीरको लागि धेरै महत्त्वपूर्ण हुन्छ। यसले रगतर्ला आवश्यक पर्ने पोषक तत्त्व प्रदान गर्दछ । यसले शरीरको तापक्रमलाई नियमित गर्दछ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।

प्रत्येक दिन कम्तिमा ८–१० गिलास पानी पिउनुहोस् । पानीको अलवा फलफूल, तरकारीको रस र कागती पानी पनि पिउन सक्नुहुन्छ। चिसो पेय पदार्थ, कोल्ड ड्रिंक, सोडा र कफीको मात्रा कम गर्नुहोस्।

अनस्याचुरेटेड फ्याट्स
फ्याटी फिश, बटर, नरिवलको तेल, क्रिम, चीज र घ्यूमा पाइने स्याचुरेटेड फ्याट्सको सट्टामा अनस्याचुरेटेड फ्याट्स, एभोकाडो, नटस्, जैतूनको तेल, सोयाविन, कैनोला, सूर्यमुखी र मकैको तेल समावेश गर्नुहोस् ।

सेतो मासु र रातो मासुको सट्टा माछा खानुहोस् किनभने तिनीहरूको बोसो कम हुन्छ। प्रशोधित मासु कुनै पनि नखानुहोस्।

बाहिर खाने नगर्नुहोस्

कोरोना भाइरस एक अर्कोको सम्पर्कमा आएकोले छिटो फैलिन्छ। यसबाट बच्नको लागि बाहिर जानुको सट्टा घरमा खाना खानुहोस्। यद्यपि मानिसहरु बाहिरबाट खाना मगाएर खरमै खान सक्छन् ।

यी चीजहरूबाट दुरी बनाउनुहोस्

मोटापा, मुटु रोग, स्ट्रोक, मधुमेह र क्यान्सरको केही प्रकारहरूबाट बच्न, चिनी, फ्याट र अधिक नुनको सेवन नगर्नुहोस्। दिनभरि १ चम्मच नुन खानुहोस्।

सकेसम्म ट्रान्स फ्याटबाट टाढा रहनुहोस्। प्रशोधित खाद्य पदार्थ, फास्ट फूड्स, स्नैक्स फूडहरू, फ्राइड फूडहरू, फ्रोजन पिज्जा, कुकिज र क्रिममा ट्रान्स फ्याट हुन्छ।

कुनै पनि अन्य रोगले कोरोनाभाइरस हुने सम्भावना बढाउँदछ। त्यसैले आफैँलाई पूर्ण स्वस्थ राख्नुहोस्।

पौष्टिक खाना र उचित हाइड्रेसनले स्वास्थ्य र प्रतिरक्षा सुधार गर्न सक्छ, तर त्यसपछि यो कुनै जादू होइन ।

जो मानिस पहिले नै बिरामी छन् वा जो कोरोना भाइरस संक्रमित छन् उनीहरूको मानसिक स्वास्थ्यको पनि राम्रो हेरचाह आवश्यक छ।

मनोचिकित्सकलाई सम्पर्क गर्नुहोस् यदि तपाईं मानसिक रूपमा राम्रो महसुस गरिरहनु भएको छैन।

Related Posts