सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार ?

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार पुगेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ३ सयले बढेर ९० हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको छ ।

आज चाँदी भने आइतबारकै भाउमा यथावत् रहेर १३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७७ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Related Posts