सुनको भाउ घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ घटेको छ । पछिल्लो दिनमा निरन्तर बढिरहेको छापावाल सुनको भाउ आज भने घटेको हो ।

हिजो सोमबार प्रतितोला ९१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँ पुगेको छ । सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने आज तेस्रो दिन पनि स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।

Related Posts