एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा १० रुपैयाँले बढेको हो ।

Related Posts