लन्डन वियर कम्पिटिसनमा अर्ना बियरलाई पदक, अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो ब्राण्ड बन्यो अर्ना

काठमाडौँ / लण्डनमा सम्पन्न विश्व वियर उद्योगको सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना बियरले अन्तर्राष्ट्रिय पदक प्राप्त गरेको छ ।

२०२१ मार्च १७ मा भएको उक्त प्रतियोगितामा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य हात पार्न सफल भएको हो ।

यति ब्रुअरी प्रा.लि.ले तीनवटा फरक–फरक विधामा उच्च अङ्क प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरलाई गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अङ्क प्राप्त गरेपछि उक्त सम्मान मिलेको हो ।

योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ । लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको विभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।

लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर, उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता र उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।

Related Posts