कोरोना असर अन्तर देशीय प्रसारण लाइन निर्माणमा

रसुवा– कोभिड १९ को असर चीन सँगको पहिलो अन्तर देशीय प्रसारण लाइन निर्माणका क्रममा समेत परेको छ ।

रसुवागाढी नाकाबाट मानिसको आवतजावत बन्द हुँदा प्रसारण लाइनको ‘जोइन्ट क्रसिङ पोइन्ट’ बनाउने स्थानका सम्बन्धमा निर्णय हुन सकेको छैन ।

प्रसारण लाइन वारपार गर्ने विन्दुलाई टुंग्याउन नेपाली पक्षले चीन तर्फ र चिनियाँ पक्षले नेपाल तर्फ अध्ययन तथा अवलोकन गर्नु पर्ने हुन्छ । तर विगत एक वर्ष देखि नाकामा मानिसको आवतजावतनै रोकिए पछि सो काम हुन सकेको छैन ।

यसैगरि संयुक्त रूपमा गर्नुपर्ने लोड फ्लो टेष्टको काम समेत रोकिंदा संयुक्त रूपमा तयार गर्नुपर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बन्न नसकेको रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । प्रसारण लाइन मार्फत् ३ हजार मेगावट देखि ५ हजार मेगावाट विद्युत् प्रवाह हुने छ ।

यसबाट नेपालमा उत्पादन भएको विद्युत् चीनले समेत खरिद गर्न सक्ने छ । प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्ने छ ।

Related Posts