उदयपूर सिमेन्टमा गोपी न्यौपानेका सय दिनः यी हुन् उपलब्धि र आगामी कार्ययोजना

उदयपूर सिमेन्ट उद्योगको महाप्रवन्धकका रुपमा गोपीकृष्ण न्यौपानेको सय दिन पूरा भएको छ । मिति २०७७ माघ १ मा उद्योगमा प्रवेश पश्चात २०७८ बैशाख १० गते सय दिन पुरा भएकोले अवसरमा न्यौपानेले आफूले यो अवधिमा गरेका काम र भावी योजना सार्वजनिक गरेका छन् ।

उनले अवधिमा उद्योगको संचालक समित, उद्योगका कर्मचारी, ट्रेड युनियन, आपूर्तिकर्ता, अधिकृत बिक्रेता, स्थानीय प्रशासन, स्थानीय निकाय लगायतको सहयोगमा उद्योगमा रहेका बिभिन्न समस्याहरुको समाधान सम्भव भएको बताएका छन् ।

उद्योगको अवस्थाः

१. उदयपुर सिमेण्ट उद्योग लि.को उद्योग स्थलवाट २७ कि.मी.मा रहेको खानीमा करीव ७ करोड ३० लाख मे.टन सिमेण्ट उत्पादन हालको क्षमता अनुसार ३०० वर्षलाई पुग्ने मुख्य कच्चा पदार्थ चूनढुंगा रहेको छ । सो चुनढुंगाको गुणस्तर Calcium Oxide CaO—50% भन्दा बढी रहेकोले अहिलेसम्म उत्खनन् गरेका चुनढुंगामध्ये उच्च गुणस्तरको रहेको ।

२. आजभन्दा करीव २८ वर्ष अघि जापान सरकारको सहयोगमा जडान भै Programme Logical System(PLC System) वाट उत्पादन शुरु गरेको र मापदण्ड मापनका लागि X-ray Analyser,Compressive Test Machine जस्ता मेसिन उपकरण जडान गरिएको भएता पनि यी मध्ये अधिकांश मेसिन उपकरणहरु मर्मत हुन नसक्ने अवस्थामा पुगेका,कतिपय जीर्ण अवस्थामा रहेका र कतिपय फेज आउट भैसकेको अवस्थामा रहेकोले जडित क्षमताको ५० प्रतिशत भन्दा कम मात्र उत्पादन भैरहेको अवस्था छ ।

३. यो उद्योग स्थापना भएपछि शुरुमा ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ३५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेको अवस्था छ ।अप्रत्यक्ष रुपमा ढुवानी सेवा,सुरक्षा सेवा लगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ र स्थानीय स्तरको लागि आर्थिक उर्पाजनको श्रोत बनेको छ । वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर,करीव ३ करोड अन्तःशुल्क, मुल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करीव अरवको हाराहारीमा राजश्व योगदान पु¥याईरहेको अवस्था छ । सामान्य रुपमा बित्तीय बिबरण बिश्लेषण गर्दा अहिलेसम्म ५ अरब ५० करोडको नोक्सानी देखिए पनि राजश्वको प्रमुख श्रोतको रुपमा स्थापित उद्योग भएकोले बिभिन्न कोणवाट सकारात्मक प्रभाव परेको बिद्यमान अवस्था छ ।

४. वातावरण अनुकुल उत्पादन गर्न Electrostatic Presipitater(EP),Bag Filter,Gravel Filter, जस्ता मेसिनहरु जडान गरी वातावरण मैत्री उत्पादनमा जोड दिएको अवस्था छ । स्थानीय तहमा सिमेण्ट सहयोग गरी बिकास निर्माणमा सहभागिता जनाउने गरिएको छ । यस उद्योगकै व्यबस्थापनमा कक्षा १२ सम्म माध्यामिक तहको बिद्यालय संचालन गरी सामाजिक योगदान गरिरहेको अवस्था छ ।

५. २९ वर्ष पूरानो कारखानामा जडित मिल मेसिनहरु मध्ये अधिकांश मिल मेसिनरी हरु जीर्ण अवस्थामा रहेको करण पटक पटक बिग्रीरहने कारण उद्योग Breakdown भैरहने समस्याले ग्रसित छ,जसको कारण एकातिर मर्मत संभार खर्च अतिनै बढेको छ भने उत्पादनलाई निरन्तरता दिन नसक्दा “गैडा छाप” सिमेण्टको ब्राण्ड इमेजमै प्रतिकुल अवस्था श्रृजना हुंदै गैरहेको छ । उत्पादन क्षमता बमोजिम उत्पादन हुन नसक्दा उद्योगले ठूलो आर्थिक क्षति बहन गरिरहनु परेको ।

६. हालको उल्लेखित अवस्थालाई सुधार गरी ८ सय मेट्रीक टन सिमेण्ट उत्पादन गर्नका लागि कतिपय मेशिनहरु फेर्नुपर्ने,कतिपय मेसिनहरु मर्मत संभार गर्नुपर्ने र कतिपय मेसिनहरु संचालनमा रहेपनि कुनै कारणले बन्द भएमा बनाउनै नसकिने old model का भएकाले ठूलो खर्च आउने देखिएको छ । उत्पादन कार्यको मुख्य KLIN SHELL को ३ वटा भाग मध्ये एक भाग काटेर फेरिसकिएको र करीव २० मिटर काट्न पर्ने अवस्थामा रहेकाले सो काटेर फेर्नेपर्ने अवस्था छ । अर्कोतिर बजार प्रतिस्पर्धाको दृष्टिकोणले हेर्दा सबै निजी कारखानाहरुले Reinforced Suspension Preheater (RSP) जडान गरी उत्पादन गरिरहेको अवस्थामा हाम्रो पुरानो क्थकतझ को प्रविधिवाट प्रतिस्पर्धी हुनै नसक्ने स्थिति पैदा भएको छ । उद्योगले किल्न संचालन गर्नको लागि १० मेघँवाटको सोलार विद्युत उत्पादन गरी गर्ने ।

७. बिद्यमान परिस्थितिमा उद्योगलाई हालकै क्षमतामा उत्पादन गर्नाका लागि पनि करीव ३५ करोड लगानी गर्नुपर्ने स्थिति छ भने त्यसमा करीव २५ करोड थप लगानी गरी च्क्ए जडान गर्दा कारखानाको क्षमता प्रतिदिन ३ सय मे.टनको हिसाबले बृद्धि भई ११ सय मे. टन पुग्न जाने संलग्न अध्ययनहरुले देखाएका छन् । यही RSP प्रविधि छुट्टै जडान गरी नयाँ प्लाण्ट लगाउँदा अरबौको लगानी लाग्ने ।

सय दिनमा न्यौपानले गरेका कामः

१. मिल सिमेण्ट मिल, किल्न, कोलमिल लगायतका मेसिन उपकरणमा देखिएका समस्याहरु समाधानका लागि उद्योगका दक्ष कर्मचारी तथा भारतबाट बिशेषज्ञ बोलाई अहोरात्र खटी सञ्चालन गरी ब्रेकडाउन न्यून गर्न सफल भएकोे ।

२. उद्योगमा कोईला, जिप्सम, आईरनओर, लगायतका इन्धन तथा कच्चा पदार्थहरुको मौज्दात प्राय शुन्य भई इन्धन तथा कच्चा पदार्थको अभावमा कारखाना पूर्णरुपमा बन्द रहेको अवस्थामा तत्कालै कोईला, जिप्सम लगायतका इन्धन तथा कच्चा पदार्थहरुको ब्यवस्थापन गरि माघ १० गतेदेखी नियमित रुपमा कारखाना सञ्चालन भई रहेकोछ । हाल यार्डमा ५ हजार मे टन भन्दा बढी कोइला तथा १५०० मे टन जिप्सम १ हजार टन आईरन ओरको मौजाद रहेको छ ।

३. उद्योगमा स्वीकृत ६१३ दरवन्दी भए तापनि हाल कार्यरत ३३४ जना जनशक्तीहरु कार्यरत रहेकोछ । लामो समय देखि पदपूर्ति नहुदा बिभिन्न पदका कर्मचारीहरु बिभिन्न कारणबाट सेवा निवृत हुदा अत्यावश्यक पदहरुमा कर्मचारीहरु कम भएका छन भने कतिपय पदहरुमा आवश्यकता भन्दा बढी कर्मचारीरहेका छन । यस्तो असन्तुलित जनशक्तीको अवस्थामा पनि कारखाना लक्ष्य अनुसार संचालन गरिएको छ ।

४. २०७७ पौषमसान्त सम्म उद्योगले ६,९८,५८६ बोरा सिमेण्ट बिक्री गरी रु ५२ करोड आम्दानी गरेकोमा २०७७ माघ देखि हाल सम्म ६६०१७३ बोरा सिमेण्ट बिक्री गरी रु ४९ करोड आम्दानी भएको छ । साथै बैशाख ६ गते उद्योगको बिगत ४ बर्षको ईतिहास तोड्दै १७,३६४ बोरा सिमेण्ट बिक्री गर्न सफल भएको छ । पौष मसान्त सम्म तत्काल तिर्नु पर्ने दायित्व रु ६६ करोड रहेकामा उद्योबाट नै कमाइ सरकारी राजश्व रु ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपुर्ति सेबाको भुक्तानी ३० करोड, अवकाश कोषमा रु ४ करोड गरी रु ४९ करोड भुक्तानी गरी सकिएको छ ।

५. विश्वव्यापी महामारीको रुपमा फैलिएको काभिड १९को कारण नेपाल विद्युत प्रधिकरणलाई भुक्तानी गर्न नसकिएको रु २२ करोड नेपाल विद्युत प्रधिकरणले मुलुकलाई लोड सेडिङ्ग मुक्त घोषणा २०७५ बैशाख देखि गरको, सोे पश्चात भुक्तानी गरेको डेडिकेटेड महशुलमा मिलान गर्न सहमति भएको र २०७७ चैत्र देखिको महशुल नियमित भुक्तानी गरिएको छ । विगतमा विद्युत आपूर्ति बारम्वार अवरोध हुने गरेकोमा नियुक्ती पश्चात सोमा सुधर गरी नेपाल बिद्युत प्रधिकरणबाट समेत सहयोग भएको । त्यसै गरी मुर्कुची लगायतका स्थानहरुमा उद्योगको प्रशारण लाईनबाट विद्युत आपूर्ति भै रहेकोमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख स्थानीय निकायका जन प्रतिनिधिहरुको उपस्थितिमा उद्योगको प्रशारण लाईनबाट छुटाएको हँुदा यसबाट वार्षिक करिव ५० लाख बचत हुने भएको छ ।

६. बिगतमा अधिकाँश खरिद सामान्य दरभाउपत्रबाट गरिने गरिएकोमा आकस्मिक अवस्थामा बाहेक सामान्य दरभाउपत्रबाट खरिद गर्ने प्रकृयाको अन्त गरी शिलबन्दी बोलपत्र प्रकृयाबाट खरिद कार्य संचालन गर्ने गरिएको ।

७. उद्योगका दक्ष कर्मचारी तथा भारतबाट बिशेषज्ञ बोलाई किल्न शेलको मर्मत गरी उद्योग सञ्चालन गरिएको ।

८. विगतमा ई पी –(इलेकट्रोस्टटिक प्रोसिपिटेटर) बाट कच्चा पदार्थको धुलो उडिरहेकोमा सोको मर्मत गरी धुलो उडने पकृयालाइ न्यून गरी प्रदुषण नियन्त्रण गरिएको ।

१०. मिलमा बारम्बर समस्या आई रहेकोमा उद्योगको जनशक्तीबाट मर्मत संभार गराई संचालन गरिएको ।

१०. कोल मिलको रोलर मर्मत गरी संचालन गरिएको ।

११. विगतमा सिमेण्ट मिलले आफ्नो क्षमता अनुसार उत्पादन नगरीरहेको कारण लाइनर, डाइफ्राम आदि परिवर्तन गरी जडित क्षमतामा संचालन गर्ने प्रयास गरिएको ।

१२. कारखाना परिसर तथा आवास परिसरका झाडी बुट्यान तथा नाला सर सफाई गरीएका,े जग्गा अतिक्रमण रोक्न सूचना संप्रेषण गरिएको ।

१३. उद्योगको प्रशासन भवन, क्यानटिन भवन अगाडी सर सपmाइ तथा गार्डेनिङ्ग गरिएको ।

१४. पत्रु संकलन गरी बोलपत्रका लागि मूल्याङ्कनको क्रममा रहेको ।

१५. क्लिंकर लगायत मौज्दातमा रहेको सामानको भोतिक जाँच तथा भिडान गर्ने कार्य भै रहेको ।

भावी योजना

क. अल्पकालिन योजना

१. किल्न शेल्ल १९.८ मिटर चेन्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न भई बोलपत्र समेत भएकोले ६ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिई कार्य भै रहेको ।

२. एक वर्ष भित्र एस.पी.( सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आर एस पी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) सिस्टममा परिवर्त गरी प्रति दिन ३०० मे.टन. क्षमता बढाई ८०० मे.टन. बाट ११०० मे.टन. उत्पादन गर्नेे ।

३. आगामी एक बर्ष भित्र १ मेगावाटको सोलार प्लाण्टबाट विद्युत उत्पादन गरी कम्तिमा किल्नमात्र संचालन गर्न बिद्युतको वैकल्पीक स्रोत प्रयोग व्यवस्था मिलाईने ।

यी सबै कार्य सम्पन्न भए पश्चात उद्योगबाट बिना अवरोध ११०० मे टनमा प्रति दिन उत्पादन हुन गई हालको मूल्यमा रु १ अर्व २० करोड थप बिक्री भै कुल सिमेण्ट बिक्री आम्दानी ४ अरव भन्दा बढी हुन सक्ने देखिन्छ ।

ख. दिर्घकालिन योजना

खानी क्षेत्रमा ७ करोड ३० लाख मे.टन.सिमेण्ट उत्पादन गर्न सक्ने उच्चस्तरीय चुनढुङ्गा रहेकोमा हालसम्म १० प्रतिशत मात्र प्रयोग भएको ।

यो अपार चुनढुङ्गा खानीको छिटो भन्दा छिटो अर्थत लगभग ५० वर्ष भित्र उपयोग गरी रोजगरी÷स्वरोजगरी बढाउने, मूल्य अभिबृद्धि कर, अन्तशुल्क, आयकर लगायतका राजश्वको मूल स्रोतको रुपमा यो सिमेण्ट उद्योगलाई बिकास गर्ने, अरवौंको क्लिङ्कर आयात प्रतिस्थापन गर्ने, अन्य नेपालमा स्थापित उद्योगहरुलाई कच्चा पदार्थको रुपमा गुणस्तरीय क्लिङ्कर उपलब्ध गराउने, भारतको विहार राज्यको नेपाल सीमाक्षेत्रमा निकासीको संभावना खोजी गरी निकासी गर्न सकिने जस्ता मुलुको हितमा हुन सक्ने बहुआयामीक अवसरको उपयोग गर्ने लक्ष्य लिईएको छ ।

लगभग २० अरवको हाराहारीमा हुने लगानीमा उदयपुर सिमेण्टको शेयर हिस्सा, उदयपुर सिमेण्टका कमदार कर्मचारीको शेयर हिस्सा, सिमेण्ट उद्योगबाट असरग्रस्त क्षेत्रको वासिन्दाको शेयर हिस्सा, सर्वसाधारण आम नागरिकको शेयर हिस्साबाट र बाँकी रकम स्वदेशी तथा विदेशी लगानीबाट जुटाउन सकिने सम्वन्धमा संम्भाव्यता अध्ययन गरी अघि वढ्ने कार्य योजना रहेको छ ।

Related Posts