नेपालको बैंकिङ्ग क्षेत्रमा पहिलो पटक एन आई सी एशियाको ‘Quick Pay’ सेवा सार्वजनिक !

एन आई सी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका लागी ‘Quick Pay’ सेवाको सुरुवात गरेको छ । बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक API इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी गर्न सक्नेछन् । ‘Quick Pay’ लिन चाहाने हरुले बैंकमा पुगी सम्झौता गरेपश्चात् बैंकले भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ । उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस (क्ःक्) तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सकिने र्बैकले जनाएको छ ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ्ग एवं इन्टरनेट बैंकिङ्गमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

बैंकको मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा र २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *