कृषि विकास बैंकको नाफामा सामान्य बृद्धि, वितरणयोग्य मुनाफा १ अर्ब ४३ करोड

काठमाडौँ / कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक बर्ष २०७७/०७८ को चैत मसान्तसम्म २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले मंगलबार प्रकाशित गरेको अपरिष्कृत त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको नाफा १.३९ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ४६ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

images
images
गत आर्थिक बर्ष २०७६/०७७को तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड १८ लाख ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कृषि विकास बैंकले समीक्षा अवधिमा भने यो रकममा १.५३ प्रतिशतले बृद्धि गरी ४ अर्ब ४२ करोड ८६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ ।

यसैगरी चैत मसान्तसम्म बैंकले २ अर्ब ९३ करोड ४२ लाख ३५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । यो रकम गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८६ करोड ८६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा रकममा सामान्य बृद्धि गरेको कारण बैंकको खुद मुनाफा रकम पनि सामान्य रूपमा मात्रै बढेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४३ करोड १९ लाख २६ हजार रुपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले १ खर्ब ४५ अर्ब ३६ करोड ९ लाख १३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर १ खर्ब ४५ अर्ब ९४ करोड ९ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमासमा भने बैंकले १ खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख २४ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो भने १ खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चित कोषमा ४ अर्ब ३ करोड २० लाख १९ हजार रुपैयाँ र जगेडा कोषमा १० अर्ब ११ करोड ९ लाख १० हजार रुपैयाँ रहेको छ । यो रकम गत आवको तेस्रो त्रैमासमा भने क्रमशः २ अर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ र ११ अर्ब २० करोड ८२ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंकको आधार ब्याजदर (बेस रेट) ७.४८ प्रतिशत, स्प्रेड रेट ४.३५ प्रतिशत, सिसिडि रेसियो ७९.९२ प्रतिशत र पूँजीकोष अनुपात २१.१० प्रतिशत रहेको छ । यस अवधिमा बैंकको निष्क्रय कर्जा भने सामान्य घटेको छ । गत आवको तेस्रो त्रैमासमा ३.६५ प्रतिशत निष्क्रय कर्जा रहेकोमा समीक्षा अवधिमा भने ३.०८ प्रतिशत कायम भएको छ ।
चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २२.१९ रुपैयाँ रहेको भने प्रतिशेयर खुदमूल्य २२६.४७ रुपैयाँ, मूल्य अनुपात २०.०५ गुणा र तरलता अनुपात २६.८२ रहेको छ ।

Related Posts