एनआईसी एसिया क्यापिटलको नाफा ७१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं- एनआईसी एसिया क्यापिटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

क्यापिटलको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले वृद्धि भएको छ।

विवरणअनुसार क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा क्यापिटलको प्रतिशेयर आम्दानी ३६.५७ रुपैयाँ कायम भएको छ ।

क्यापिटलले यस अवधिसम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याका आधारमा नम्बर १ कम्पनी बन्नेको कम्पनीले जनाएको छ । क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत समीक्षा अवधिसम्म ९ वटा कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक सेवा अन्तर्गत हालसम्म ६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोलमार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

क्यापिटलले समीक्षा अवधिसम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’ भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु सञ्चालन गरी ४६६ जना ग्राहकबाट १ अर्ब १५ करोडभन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ । हालको बजार मूल्यका आधारमा गणना गर्दा उक्त रकम १ अर्ब ५४ करोड भन्दा बढी रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १०५.५४ प्रतिशतले वृद्धि हो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *