सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ । सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ३ हजार ४ सय रुपैयाँले नै घटेर ९४ हजार ३ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Related Posts