हुन्डाइले शुरु ग¥यो आफ्ना ग्राहकका लागि ‘हटलाइन सेवा’

हुन्डाइले शुरु ग¥यो आफ्ना ग्राहकका लागि ‘हटलाइन सेवा’
काठमाडौं / हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवाको शुरुवात गरेको छ ।

अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो ।

हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध भएको कम्पनीले जनाएको छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप भएको जनाएको छ ।

यो सेवा काठमाण्डौ उपत्यकाका लागि सूचारु गरिएको छ र हटलाईन सेवाको लागी सम्पर्क नम्बरः मृनल, ९८०१२०१५२० तथा राजेन्द्र : ९८०१२३९२६०) तोकिएको छ । हुण्डाई नेपालमा सवारी विक्री हुने कम्पनी मध्ये अग्रणी स्थानको मानिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *