निषेधाज्ञामा लगानीकर्ताको रोजाई सेयर बजार

निषेधाज्ञामामा लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएका छन् । साताको पहिलो दिन आज ९आइतबार० सेयर बजारमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९आइतबार० सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेको छ । नेप्से २.०७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७।८१ मा पुगेको छ ।
कूल २२६ वटा कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।
बुम भएको बजारमा यी कम्पनीमा लगानीकर्ता आकर्षित
आइतबार ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड र सिंगटी हाइड्रोपावर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसै गरी सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड,यूनिभर्सल पावर कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड, सिखर इन्स्योरेन्स र छ्याङदी हाइड्रोपावर लिमिटेड रहेको छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *