सीइडीबी हाइड्रोपावरमा झन्डै १० गुणा बढी आवेदन,कति आवेदकले दिए आवेदन ?

काठमाडौं- सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा मागभन्दा झन्डै १० गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझ ४ः४५ बजेसम्ममा २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परेको छ । हालसम्म १४ लाख ९४ हजार ७७० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, हालसम्म सर्वसाधारणले माग भन्दा ९.८२ गुणा बढी आवेदन दिइसकेका छन् ।

सीइडीबीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओमध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले यो आइपीओमा मंगलबार सम्म मात्र आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

Related Posts