नेष्डो समृद्ध लघुवित्तको नाफा १२६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चैत मसान्तसम्ममा १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा लघुवित्तले १७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी १७ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १५०.७८ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ र यसको खराब कर्जा अनुपात २.१० प्रतिशत छ ।

चैत मसान्तसम्म आइपुग्दा लघुवित्तले २ अर्ब १९ करोड ६९ लाख निक्षेप संकलन तथा ४० करोड ८४ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट लघुवित्तले ३२ करोड ५६ लाख खुद ब्याज आम्दानी र ३० करोड ९६ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

Related Posts