आजबाट नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री खुल्ला, आवेदन कहिले सम्म ?

काठमाडौं – नेपाल बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र आजबाट बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आजबाट बिक्री खुला गरेको हो ।

यसमध्ये बैंकले १४ लाख इकाई सर्वसाधारणको लागि र बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५५ अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकले ‘८.५०५ नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । यसमा वार्षिक ब्याजदर ८.५०५ तोकिएको छ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *