हुने भयो शुक्रबार पनि चेक क्लियरिङ्ग

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने निर्देशन दिए सँगै अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले खर्च वा जम्मा गर्ने रकमको अन्तिम सारांश बैंकको बैंकिङ कार्यलयमा पठाउने समय परिवर्तन गरे पछि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको हो ।

जसअनुसार आईतबार देखि विहिबार सम्म नियमित क्लियरिङ्ग सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३ः१० बजे रहेको छ । त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय बिहान ११ः३० बजे र सेटलमेन्ट हुने समय बिहान ११ः४० बजे रहेको छ । त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२ः३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२ः४० सम्म रहेको छ ।

त्यस्तै शुक्रबार भने नियमित क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय दिउँसो १२ः३० बजे र सेटलमेन्ट हुने समय १२ः४० सम्म रहेको छ । साथै एक्सप्रेस क्लियरिङ्ग सत्रमा चेक प्राप्त गर्ने समय दिउँसो ११ः३० बजे र सेटलमेन्ट हुने समय दिउँसो ११ः४० बजे रहेको छ ।

Related Posts