तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ । आज मंगलवारको तुलनामा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । आज बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।

Related Posts