कारोबारको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब माथि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १०.१३ अंकले बढेर २६८४.०१ को बिन्दुमा पुगेको हो ।

कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१८ कम्पनीको ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर खरिद बिक्रि
भएको छ । आज समता घरेलु लघुवित्त, दिव्यश्वरी हाईड्रो लगायत १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज फाईनान्स, विकास बैंक, हाईड्रोपावर लगायत ९ क्षेत्रको समुहगत सूचक बढेको छ भने ईन्भेष्टमेन्ट, ट्रेडिङ, लगायत ४ क्षेत्रको समुहगत सूचक घटेको छ । सबैभन्दा बढि सूचक बढ्नेमा फाईनान्स, क्षेत्रको ४.६८ प्रतिशत रहेको छ ।

आज नेपाल पूनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४९ करोड ४ लाख र राष्ट्रिय हाईड्रोपावर कम्पनीको २५ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Related Posts