५४.२१ अंकले बढेर हाल सम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकम साढे १० अर्ब नजिक

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ हालसम्मकै उच्च स्थानमा पुगेको छ ।

तीन बजेसम्म आइपुग्दाँ परिसुचक ५४.२१ अंकले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

कारोबार सुरु भएको ४ घण्टाको अवधीमा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेका छन ।

यस्तै, कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर १ लाख १३ हजार ६९ पटक किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Related Posts