मेटलाइफ फाउन्डेशनले कोरोना नियन्त्रणका लागि दियो ५० हजार अमेरिकी डलर अनुदान

काठमाडौँ / मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुकालागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।

ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ ।

उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले ए.एन.एम.एफ. लाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन् “आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हर सम्भव प्रयासहरु गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।”

मेटलाइफ फाउन्डेशन
मेटलाइफ फाउण्डेशनमा हामी आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागि हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ ।

ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थाहरुसँग सहकार्य गर्दछौं ।

कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे ।

स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकि डलर अनुदान तथा साढे ८ करोड अमेरिकी डलर मेट लाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ ।

यसको वित्तीय स्वास्थ्य कार्यको पँहुच ४२ देशहरुका १ करोड ३४ लाख भन्दा ज्यादा कम र मध्यम आय भएका व्यक्तिहरुमाझ रहेको छ । मेटलाइफ फाउण्डेशनको बारेमा अझ जानकारी मेटलाइफबाट लिन सकिनेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेशन

अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) ले नपालमा स्वास्थ्य प्रशिक्षण, अनुसन्धान तथा अभ्यासको उन्नतिलाई प्रबर्धन गर्दछ ।

सन् १९९७ देखि नेपालमा सञ्चालनमा रहेको यस संस्था संयूक्त राज्य अमेरिकामा ५०१(सि)(३) अन्तर्गत दर्ता भएको गैर–नाफामूलक संस्था हो । ए.एन.एम.एफ.का सम्पूर्ण सदस्यहरू स्वयंसेवी भएकाले आर्थिक अनुदानहरु नेपालका संस्थाहरुमा सोझै पठाइन्छ । नेपालमा ए.एन.एम.एफ. द्वारा अनुदान प्राप्त परियोजनाहरूमा निरिक्षण गर्न सकिन्छ ।

ए.एन.एम.एफ.को वेबसाइट www.anmf.org मा यसको संगठानत्मक संरचना, वित्त, कार्यक्र तथा परियोजनाहरुको विवरण समावेश छ ।

मेटलाइफ नेपाल
मेटलाइफ नेपाल सन् २००१ डिसेम्बरदेखि नेपालमा सञ्चालन भइरहेको मेटलाइफ इन्कर्पोरेटको शाखा हो ।नेपालमा बीमा इजाजत पत्र पाउने पहिलो कम्पनी मध्येको एक, मेटलाइफ प्रतिस्पर्धी मूल्यमा आकर्षक बीमा सुरक्षा र सुविधाहरू जस्तै जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, तथा कर्मचारी लाभ बीमा प्रदान गर्ने अग्रणी बीमा कम्पनी पनि हो ।

हाम्रो व्यवसाय भनेको स्थानीय समुदायको आवश्यकताहरू बुझी उनीहरूलाई आफ्नो एजेन्ट तथा संस्थागत साझेदाहरूको सञ्जालमार्फत मद्दत गर्नु हो । हामीसँग नेपालमा ८ हजार रूपैयाँभन्दा बढी एजेन्टहरू छन् जसले प्रत्येक ग्राहकका लागि उपयुक्त योजना सुनिश्चित गर्न कडा मेहनत गर्दछन् ।

Related Posts