दोहोरो अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा नेप्से ,कारोबार रकम कति ?

काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १६.३१ अंकले बढेर २७५४.८१ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा कारोबारमा आएका २०० ओटा कम्पनीको ३० हजार ३१९ पटकको कारोबारमा ४५ लाख ७४ हजार ५७५ कित्ता शेयरको रू २ अर्ब ७५ करोड २३ लाख ७७ हजार बराबरको शेयर कारोबार भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ ।

Related Posts