नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिको निर्णयलाई बीमा समितिले स्वीकृति प्रदान गरेपछि उनी नियुक्त भएका हुन् ।

उनको कार्यकाल चार वर्षको हुनेछ । यस अघि नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा भरत बस्नेत रहेका थिए । बस्नेतको कार्यकाल सकिएसँगै कामु सिइओका रुपमा खत्री सोही कार्यरत थिए ।

सीईओ खत्रीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनी नेशनल लाइफ इन्स्योरेन्समा दुई दशकभन्दा लामो समयदेखि आवद्ध छन् ।

Related Posts