सुन महङ्गिदा सस्तियो चाँदी, प्रतितोला कति पुग्यो ?

काठमाडौँ / आइतबार सुनको भाउ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

गत साता शुक्रबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको हो । सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने घटेको छ । शुक्रबार एक हजार ३५० रुपैयाँमा कारोबार हुने चाँदी आज आइतबार एक हजार ३४५ रुपैयाँमा कारोबार हुनेछ ।

Related Posts