एशियन लाइफको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले कम्पनीको एक लाख ६६ हजार ७ सय ५७ कित्ता संस्थापक समूहको शेयर वैशाख २६ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।उक्त शेयरको न्युनतम मूल्य ६ सय ९८ रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले आजसम्म मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

Related Posts