शिखर इन्स्योरेन्सले संस्थापक समूहको शेयर ६० प्रतिशतबाट घटाउने

काठमाडौँ / शिखर इनस्योरेन्स कम्पनीले संस्थापक समूहको शेयर ६० प्रतिशतबाट घटाउने भएको छ । कम्पनीले आफ्नो शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको शेयर संरचना ६० प्रतिशत रहेकोमा घटाएर अब ५१ प्रतिशत कायम गर्ने भएको हो ।

कम्पनीले यो प्रस्ताव गत चैत ९ गते सम्पन्न बार्षिक साधारणसभाबाट पारित गरी नियामक निकाय बीमा समितिमा पेश गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई समितीले स्वीकृति दिएको छ ।

कम्पनीले सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनीहरुले आफ्नो शेयर परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

Related Posts